विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ मङ्सिर १, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रस्ताव गरेको छ । युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा थानी बिन अहमद अल जेयोदीबिच आबुधावीमा भएको शिष्टाचार भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो ।

त्यस अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास तथा सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव गरेकाे उनको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयामबारे छलफल हुनाका साथै सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा समेत विचारविमर्श भएको थियो ।

नेपालले प्रस्ताव गरेका परियोजनामा औपचारिक प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने तथा आगामी दिनमा सहकार्य थप सुदृढ र विस्तार गर्ने विषयमा दुवै पक्षको सकारात्मक धारणा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री गुरुङ युएईको दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३