विद्युत अपडेट

  • प्राधिकरण : ८५१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७९३८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३७९८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२४०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०९१ मे.वा.
२०८३ साउन ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका एक बालकलाई उपचार खर्चसहित क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले बालककाे उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेकाे हो ।

प्राधिकरणका अनुसार त्रिवेणी गाउँपालिका–२, घुसेनीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएपछि दुर्घटना भएको थियो । स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपविनियम (१) बमोजिम क्षतिपूर्ति तथा औषधि उपचार खर्च भुक्तानी गर्दै आएको जनाएकाे छ । विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति तथा उपचार खर्च विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृत र १० लाख रुपैयाँभन्दा बढीको रकम सञ्चालक समितिले स्वीकृत गर्ने व्यवस्था छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका अभ्यासका आधारमा पीडित बालकको परिवारलाई सहयोग गरिएको उल्लेख गर्दै मानिसको जीवनभन्दा जतिसुकै ठूलो रकम पनि कम हुने बताए । ‘यो रकमले पीडा भुलाउने त होइन तर जीवनयापनमा थोरै भए पनि सहयोग होस् भन्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था एकातिर भइरहेकै विषय हो तर पछिल्ला दिनमा बढ्दै गएको विद्युतीय दुर्घटना न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज दुवै सचेत हुनुपर्छ ।’

मन्त्री श्रेष्ठले हरेक वर्ष विद्युतीय दुर्घटनाबाट हुने जनधनको क्षतिको तथ्याङ्क डरलाग्दो रहेको उल्लेख गर्दै प्राधिकरणलाई आफ्ना संरचनाको नियमित मर्मत गर्न, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन, सुरक्षा सतर्कता अपनाउन तथा नागरिकमा जनचेतना र पूर्वसूचना प्रवाहलाई तीव्र बनाउन निर्देशन दिए । साथै, विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नागरिकको सचेतना पनि अपरिहार्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३