विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको तथा भारतीय आयल कर्पोरेशनले पनि बढेको नयाँ सूची पठाएकाले स्थानीय बजारमा समेत बढाएर मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

उनका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक उडान) को मूल्य लिटरमा २ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य सूची अनुसार अब पेट्रोल १२८ रुपैयाँबाट बढेर प्रतिलिटर १३० रुपैयाँ पुगेको छ ।

यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १११ रुपैयाँबाट बढेर ११३ रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तररिक उडान) को नयाँ खुद्रा मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको उपाध्यायले जानकारी दिए । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोटिर १६ अमेरिकी डलर बढाएर ७७० डलर पुर्याइएको उनले जानकारी दिए ।

यो पटक पनि खाना पकाउने एलपी ग्यास महंगो भएको छ । खाना पकाउने एपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ । अब उपभोक्ताले १ सिलिन्डर ग्यास खरिद गर्न १४ सय ५० रुपैयाँ तिर्नुपर्नेछ  । निगमले पछिल्लाे पटक गत असार ३ गते पेट्राेलियम पदार्थकाे मूल्य बढाएर समायाेजन गरेकाे थियाे ।

नयाँ मूल्यअनुसार खुद्रा मूल्यमा बिक्री गर्दा पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रतिलिटर २.६४ र खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिण्डर ४२०.७५ रुपैयाँ घाटा हुने निगमले जनाएको छ । याे मूल्य समायाेजनपछि पनि १५ दिनमा ९६ करोड ९ लाख रुपैयाँ घाटा हुने निगमकाे भनाइ छ ।

नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गर्दा समेत अहिले पनि वीरगन्जसँग सीमा जोडिएको रक्सौलमा पेट्रोल प्रतिलिटर ४१.१९ रुपैयाँ र डिजेल प्रतिलिटर ४४.०४ रुपैयाँ सस्तो रहेको निगमको दाबी छ । अन्तर्राष्ट्रि बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले नेपाली बजारमा पनि मूल्य अझै माथि जान सक्ने निगमले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit