विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सरकारले विभिन्न नीति तथा कार्यक्रम मार्फत विद्युतीय चुलोलाई प्रवर्द्धन गरिरहँदा ऊर्जा र वातावरणको लागि महिला सञ्चाल, नेपाल (वोनी) ले भने महिलाहरूलाई विद्युतीय चुलो मर्मत संभार तालिम प्रदान गर्दै आएको छ । सञ्चालले घरयासी तथा व्यवसायीक प्रयोजनका लागि महिलाको पहुँचमा लैजान मर्मत संभार तालिम दिदै आएको हो ।

भान्सामा काम गर्ने महिलाहरूको स्वास्थ्यमा सुधार गर्दै जलवायु परिवर्तनको असर न्यूनिकरणमा सरकारले राखेको लक्ष्य पूरा गर्न सञ्जालले विद्युतीय चुलो सम्बन्धि मर्मत तालिम प्रदान गर्दै आएको छ । सञ्चालले चुलो मर्मतमा महिला सहभागिता र तालिमका सिकाई र अनुभवहरूलाई सरोकारवाला संघ सस्थासँग आदान प्रदान गर्न मंगलबार (भदौ ७ गते) गरेकाे कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) का कार्यकारी निर्देशक मधुसुधन अधिकारीले चुलो मर्मतमा महिलाहरूको सहभागिता एकदम राम्रो र विश्वासीलो रहेको बताए । उनका अनुसार स्वस्थ जीवन र सफा भान्साको निम्ति चुलोको प्रयोग, उपयोगिता र मर्मतबारे तालिम महत्वपूर्ण छ ।

सञ्चालले हालसम्म २१ महिलालाई ३ चरणको तालिम उपलब्ध गराइसकेको वोनीका अध्यक्ष कला तिमील्सीनाले बताइन् । कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा तालिम दिदाँको चुनौति तथा अनुभव प्रदान गर्दै तिमिल्सीनाले चुलो मर्मतमा महिलानै भएपछि अन्य महिलाहरूलाई चुलो प्रयोग गर्न तथा नयाँ तालिममा सहभागि हुन आत्मविश्वास बढेको बताईन् । सञ्चालले पहिलो चरणमा १० जिल्लाका २१ महिलाहरूलाई चुलो मर्मतसँगै राइसकुकर, ग्राण्डर र इलेक्ट्रिक जग मर्मत तालिम दिएको हो ।

मर्मत सेवाले महिलालाई थप हौसला दिने बताउँदै तिमिल्सीनाले स्थानीय सरकारको नीति नै विद्युतीय चुलो सम्बन्धि प्रष्ट नभएको प्रवर्द्धनमा समस्या भएको बताईन्। प्रयाक्टिकल एक्सन, नेपालका पुजा शर्माले विद्युतीय चुलोको मर्मतसंभारसँगै विद्युतीय उपकरणको मर्मत तालिम दिनुपर्ने बताइन् । एक्सनले ३ ‘इ’ (इजुकेसन, इन्गेज र इन्पावरमेन्ट) लाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विद्युतीय चुलो सम्बन्धि नारा लिएर अघि बढ्नुपर्ने बताईन् ।

धुँवाबाट हुने मृत्युदरलाई घटाउन चुलो प्रवर्द्धन गर्न इन्टरप्रेनर अफ द इयर छनौट गर्ने काम गर्दै आएको क्लिन कुकीङ अलाइन्सका करुणा बर्जाचार्यले बताइन् । एक जना मर्मत पसलका लागि ५ हजार ग्राहक आवश्यक पर्ने बतार्उँदै बर्जाचार्यले चुलोको प्रयोग तिव्र गतिमा बढाउनुपर्ने बताइन् ।

सरकारको आगामी ५ वर्षमा ५ लाख चुलो बाड्ने लक्ष्य रहेको केन्द्रका रण बहादुर थापाले बताए । उनका अनुसार यो प्रविधि नयाँ भएकाले यसका मर्मत संभारका लागि दक्ष जनशक्ति तयार गर्नुपर्छ । चुलोको प्रयोग बढेसँगै तालिम लिनेको काम बढ्ने र थप महिलाहरुलाई यो तालिम दिनुपर्ने पनि थापाले बताए ।

नयाँ कुरामा प्रवेश गर्दा समस्या चुनौति हुने भएकोले यसको प्रयोग, सिकाई, बुझाईमा होसियार हुनपर्ने नेपाल सामुदायिक विद्युत महासंघका अध्यक्ष नारायण ज्ञवालीले बताए । उनका अनुसार चुलोको प्रयोग बढाउन नेपाल विद्युत प्राधिरणले वितरण लाइन र भोल्टेज बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit