विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २.६४५ मेगावाटको भदौली जलविद्युत आयोजना निर्माण हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका भइ बग्ने भदौली खोलामा पहिचान भएको आयोजना भदौली खोला हाइड्रोपावर प्रालिले अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना  जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालसँग  समक्ष  आग्रह गरेको छ ।

विभाग वा प्रवद्र्वक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरिएको छ । आयोजनाको सम्पूर्ण संरचना भदौली खोलाको दायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

आयोजनाको डाईभर्जन नहर तथा विद्युतगृह दुवै संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १ मा पर्दछ । खोलामा बाँध बाधी १ हजार २७ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत गृहमा पुर्याइनेछ ।

विद्युतगृहमा दुई वटा टर्वाइन जडान हुनेछ । टवाईनमा जडान भएको ३ फेजको दुई वटा जेनेरेटरमार्फत विद्युत उत्पादन हुनेछ । आयोजनाको सबै काम पूरा गरी २०८० साउन १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।

उत्पादन भएको विद्युत करिब १२ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit