विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५० मेगावाटको जवा तिला खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । जुम्लाको बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने यो आयोजना निर्माण गर्न लागेको हो ।

कोहलपुरदेखि लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनेले प्रवाह गर्ने बिजुली गुणस्तर नभएकोले याे समस्या समाधान गर्न आयोजना निर्माण गर्न लागिएकाे प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी भइरहेको छ ।

प्राधिकरणको गत मंसिर २१ गतेको सञ्चालक समितिको बैंठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । जुम्लामा बिजुलीको समस्या समाधान गर्न र बिक्री गरी आम्दानी समेत गर्न लक्ष्यका साथ संविधानसभा सदस्य एंव कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेको बताए । उनका अनुसार आयोजना तीन वठा ढाँचामा निर्माण गर्ने तयारी भइरहेको छ ।

प्रारम्भिक अनुमानका आधारमा आयोजनाको कुल लागत ३५ अर्ब रुपैयाँ  रहनेछ । क्षमता तलमाथि हुँदा लागत पनि परीवर्तन हुनेछ । प्राधिकरणको सञ्चालक समितिकाे निर्णय अनुसार अनुमतिपत्र लगायतका प्रक्रिया अगाढी बढाइसकेको छ । आयोजनाको कार्यन्वयन भएपछि जुम्लाबासीमा सहज आपूर्ति हुनेछ ।जुम्लाको जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै होइन, मुलुकका लागि बिजुली निर्यातमा समेत सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit