विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालु आर्थिक वर्ष  (आव) २०७९/८० को ७ महिनामा २ हजार युनिट भन्दा बढी विद्युत सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघसम्मको अवधिमा २ हजार ९ वटा विद्युतीय सवारी भित्रिएका छन् ।

विभागका अनुसार यो माघसम्मको अवधिमा ५ अर्ब ६३ करोड रुपैयाँ विद्युतीय गाडी खरिदका लागि बाहिरिएको छ । यसबाट सरकारले १ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।

अहिलेसम्म भारतबाट टाटाका विद्युतीय गाडी नेक्सन, टिपर इभी लगायत १४३५ वटा सवारी भित्रिएका छन् । यसैगरी चीनबाट पनि कार जीप, भ्यानलगायतका २६३ युनिट सवारी आयात भएका छन् ।

कोरियाबाट २४३, अमेरिकाबाट ४ र इन्डोनेसियाबाट ३ वटा सवारी भित्रिएको विभागको तथ्यांकमा छ । यो अवधिमा सबैभन्दा बढी १०० किलोवाट भन्दा कम रेन्जका विद्युतीय सवारी आयात भएका छन् । नेपालले १०० किलोवाट भन्दा कम रेन्जको ५ अर्ब ४० करोड रुपैयाँ बराबरको १९५९ विद्युतीय सवारी आयात गरेको तथ्यांकमा छ ।

यस्तै, १०० किलोवाटदेखि २०० किलोवाटसम्मका १८ करोड ९९ लाख रुपैयाँ बराबरको ४४ र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ३ करोड ५१ लाख रुपैयाँ बराबरको ६ वटा सवारी भित्रिएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आव २०७८/७९ को बजेटले विद्युतीय सवारीमा अन्तशुल्क खारेज र कर घटाएपछि बिजुली गाडीको आयात र प्रयोग बढ्दै गएको छ । आवमा गत वर्ष २०७८/७९ को यही समयअवधिमा तुलनामा पनि २०० बढी सवारी आयात भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit