images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपरमाई हाइड्रो पावर कम्पनी लिमिटेडले ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० दोस्रो त्रैमाससम्ममा सो नाफा कमाएको हो ।

साउनदेखि माघसम्मकाे अवधिमा ५ करोड १ लाख ८४ हजार ३९ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष  आव २०७८/७९ को यही समयअवधिकाे तुलनामा भने कम्पनीको नाफा घटेको हो । गत वर्ष ७ करोड ५० लाख ४१ हजार १ सय ७७ रुपैयाँ नाफा कमाएको थियो ।

यसैगरी, विद्युत बिक्रीबाट हुने आम्दानी घटेकोले कम्पनीको खुद नाफा पनि घटेकाे हाे । गत वर्ष १४ करोड ८६ लाख ६६ हजार ३ सय ७४ रुपैयाँ आम्दानी गरेको यस कम्पनीले यस आवमा १३ करोड ९३ लाख ३९ हजार ८ सय ९२ रुपैयाँ आम्दानी गरेको छ । मौसम प्रतिकुल भई उत्पादनमा कमी आएकोले बिद्युत बिक्री आम्दानीमा कम भएको कम्पनीले जनाएको छ ।

कम्पनीको इलाममा सञ्चालित ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाले २०७५ कार्तिक ११ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit