विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिर्खुवा हाइड्रो पावर कम्पनीले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भोजपुरमा निर्माणाधीन ४.७ मेगावाटको माथिल्लो चिर्खुवा खाेला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएकाे सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता सय रुपैयाँमा अंकित १२ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न आरबिबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

बिक्री प्रबन्धक ताेकिएकाले अब सेयर निष्कासनकाे प्रक्रिया सुरु हुने कम्पनीले जनाएकाे छ । अब बिक्री प्रबन्धकले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने अनुमति लिन नेपाल धिताेपत्र बाेर्डमा  आवेदन दिनेछ ।

बोर्डबाट अनुमति पाएपछि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाटको माथिल्लो चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit