विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) को २१औं वार्षिक साधारणसभाले इन्जिनियर अरुण रजौरियाको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको छ । शुक्रबार (असार ८ गते) सम्मपन्न साधारणसभाले २ वर्षका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ पदाधिकारीमा अध्यक्ष रजौरिया सहित उपाध्यक्ष मनोहर श्रेष्ठ, महासचिव निर्मला लामा, सचिव नारायणहरि रिजाल, कोषाध्यक्षमा अमिता पाण्डे रहेका छन् । यस्तै, सदस्यहरूमा प्रतिमा श्रेष्ठ, नसिबमान सिंह प्रधान, सम्झना चुस्यावाग, वसन्त श्रेष्ठ, कृष्णबहादुर कुमाल र वरदान डाँगी चुनियएका छन् ।

रजौरिया हाल हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को उपमहानिर्देशकको जिम्मेवारीमा छन् भने उपाध्यक्ष श्रेष्ठ बुटवल पावर कम्पनी अन्तर्गतको हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन् । उता प्राधान हाल नेपाल विद्युत् प्राधिकरणको निर्देशकको जिम्मेवारीमा छन् ।

एनएचए विशुद्ध नीति निर्माण तहमा काम गर्ने संस्था भएको हुँदा आगामी दिनमा यसको गरिमालाई कायम गर्दै यो क्षेत्रमा सरकार र निजी क्षेत्रको पुलको काम गरिने नवनिर्वाचित अध्यक्ष रजौरियाले बताए । ‘विगतमा केही कमजोर देखिएको संस्थाको आर्थिक अवस्थामा अब विस्तार सुधार हुँदै आएको छ,’ उनले भने, ‘इन्जिनियरिङ क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई तालिम प्रदान गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा गोष्ठी, सेमिनार र सम्मेलन गरी यो संस्थालाई व्यावसायिक उचाईमा पुर्याउने हाम्रो ध्येय रहेको छ ।’

कार्यक्रममा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ, प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक शान्ति लक्ष्मी शाक्य, एनएचएका पूर्वअध्यक्ष डा. मेखबहादुर विश्वकर्मा, निवर्तमान अध्यक्ष विष्णुबहादुर सिंह, ऊर्जाविद् लालकृष्ण केसी, डा. जगतकुमार भुसाल, विजयमान शेरचन लगायत इन्जिनियरिङ क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit