images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ह्याप्पी इनर्जी प्रालिले ४० मेगावाटकाे माथिल्लो संखुवा खोला जलविद्युत आयोजनाकाे निर्माण ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले संखुवासभामा पहिचान भएको आयोजना २०८५ जेठभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।

यो आयोजना संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर २ र ३ भएर बग्ने संखुवा खोलामा निर्माण हुनेछ । रन अफ रिभर प्रकृतिको आयोजनाको उत्पादन अनुमतिका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा अनुमतिपत्र जारी गर्न अन्तिम चरणकाे काम गरिरहेकाे छ । विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर गर्ने भएमा ३५ दिनभित्र राय सुझाव दिन आग्रह गरेको छ ।

आयोजनाबाट वार्षिक २३५.४० गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको मुख्य सुरुङ ३६५० मिटर र डायमिटर ३.५ मिटर हुनेछ । आयोजनामा  जर्मनीको प्रतिष्ठित कम्पनीमा निर्मित २ वटा पेल्टन टर्बाइन (२०–२० मेगावाट) जडान गरिने कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत विद्युतगृहदेखि १९ किलोमिटर दूरीमा रहेको शीतलपाटी सबस्टेसनमा जोडिनेछ ।

यस आयोजनाको कुल लागत ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) पनि गरीसकेको छ । संखुवासभाको सिलिचोङ गाउँपालिकामा निर्माण हुने आयोजनाबाट २०८५ जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit