विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी पिस इनर्जी कम्पनी प्रालिले २८.८ मेगावाटको माथिल्लो काबेली जलविद्युत् आयोजना विकास गर्ने भएको छ ।  नेपालको जलविद्युत् आयोजनाहरूमा लगानी तथा व्यवस्थापन गर्ने उद्देश्यले अमेरिकामा रहेका गैरआवासीय नेपाली व्यवसायी तथा उद्यमीहरूको समूहले स्थापना गरेको टेस्ला हाइड्रोको ७८ प्रतिशत सेयर स्वामित्व पिस इनर्जीमा रहेको छ । यी दुई कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ल्याएर आयोजना विकास गर्न लागेका हुन् । 

बुधबार एक कार्यक्रमका बीच आयोजनामा लगानी हुने कुल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै टेस्ला र पिस दुवै कम्पनीका कार्यकारी अध्यक्ष डा. मदनकुमार उप्रेतीले निर्धारित समयभन्दा अघि नै निर्माण पूरा गरेर यो आयोजनामार्फत पारदर्शी ढंगले समयसीमाभित्रै गुणस्तरीय निर्माणकार्य पूरा गरी नेपालमा आयोजना विकासको नयाँ मानक स्थापना गर्ने आफूहरूको उद्देश्य रहेको बताए । 

‘हामी समूहमा विस्वास गर्छौं,’ उनले भने, ‘आयोजनामा जोडिएर ड्रिलिङको काम गर्नेदेखि समूहका प्रत्येकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । त्यस्तै, संरचनाहरुको निर्माणमा गुणस्तरमा हामीले कुनै सम्झौता गर्दैनौँ । र, समयसीमाभन्दा करिब ३ महिनाअघि नै निर्माण पूरा गर्ने लक्ष्यका साथ हामी अघि बढेका छौँ ।’ 

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रबल अधिकारीले आफू प्राधिकरणमै रहँदा आयोजनाको विद्युत् व्यापार सम्झौता भएकोले आफूले सुरुवाती दिनदेखि नै आयोजना प्रवद्र्धहरूसँग समन्वयनमा रहेको भन्दै आयोजनाको वित्तीय व्यवस्थापन हुनु र त्यसमा पनि एफडिआइ आउनु महत्त्वपूर्ण विषय भएको बताए । त्यस्तै, एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले अमेरिकामा भइरहेको सुशासन र गुणस्तर र समयसीमाभित्र काम गर्ने परिपाटीको अभ्यास यो आयोजनामार्फत नेपालमा भित्र्याउन लागिएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै, लगानीको नेतृत्व गरिरहेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आयोजना प्रवर्द्धकको प्रतिवद्धता र लगनकै कारण आयोजनामा लगानी गर्न आफूहरु उत्साहित भएको बताए । 

कम्पनीले ‘पाइलट प्रोजेक्ट’को रूपमा अघि बढाउन लागेको आयोजनामा कुल लागतको ७५ प्रतिशतले हुन आउने ४ अर्ब २३ करोड ५० लाख रुपैयाँ नेपाली बैंकहरूको ऋण लगानी रहने भएको छ । माछापुच्छ्रे बैंकको अगुवाइमा बैंकहरूले ऋण लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको हो । आयोजनामा माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ५० लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब र लक्ष्मी सनराइज बैंकले ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । 

आयोजनामा बाँकी २५ प्रतिशतले हुन आउने १ अर्ब ४१ करोड १९ लाख रुपैयाँ प्रवर्द्धकहरूको स्वपूँजी (इक्विटी) रहने छ । आयोजनाले स्थानी प्रभावित तथा सर्वसाधारणका लागि आइपिओसमेत जारी गर्ने जनाएको छ । 

आयोजनाका संरचनाहरू ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका– १, २, ४ र सिदिङ्वा गाउँपालिका– ५ र ६ मा आयोजनाका संरचनाहरू निर्माण हुने भएका छन् ।

आयोजनाको सिभिल संरचना निर्माणको जिम्मा इन्फ्राप्रो कन्स्ट्रक्सन प्रालिले पाएको छ । कम्पनीले आयोजनाको क्याम्प, पुहँचमार्ग, कन्स्ट्रक्सन पावर जस्ता पूर्वाधार तयार पारिसकेको छ । वित्तीय व्यवस्थापन पूरा हुनुअघि नै आयोजनाको सुरुङ करिब १०० मिटर खनिसकिएको र १५ प्रतिशत भौतिक प्रगति भइसकेको प्रवर्द्धक पिस इनर्जीले जनाएको छ । 

आयोजनाको निर्माण ३० महिना (साढे २ वर्ष) भित्र पूरा गरी सन् २०२७ जनवरीभित्रमा विद्युत्को व्यापारिक उत्पादन सुरू गर्ने लक्ष्य राखिएको छ । आयोजनाले वार्षिक १६९.७४८ गिगावाट बिजुली उत्पाद गर्ने र उक्त बिजुली प्रस्तावित अमरपुर सबस्टेशनमा जोड्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit