विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै एकमात्र कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिने अवस्थामा पुगेको छ । यो वर्ष बर्खा याममा जलाशयमा पानीको सहत बढेर १५२९.४० मिटर पुगेको हो ।

२०७२ सालको भूकम्पपछि जनाशलयमा अहिलेसम्मकै पानी भरिएको नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालय अन्तर्गतको ठूला उत्पादन, सञ्चालन तथा संभार विभाग प्रमुख रामकुमार यादवले बताए । ‘अघिल्ला वर्षहरूमा जलाशयमा पानीको सतह १५२७ मिटर पुगेपछि विद्युतगृहको मेसिन चलाउनु पर्ने अवस्था आउने गर्दथ्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘६ वर्षपछि पहिलो पटक जलाशय पूर्णरूपमा भरिने लागेको छ ।’

उनले अब जलाशय पूर्णरूपमा भरिन ६० सेन्टिमिटर मात्रै बाँकी रहेको बताए । जलाशयको पानी उपयोग भई सञ्चालन हुने कुलेखानी–१, २ र ३ का विद्युतगृह नचलेकाले केही दिनमा जलाशय पूर्णरूपमा भरिने उनले बताए ।

यसपटक गत बैशाखसम्म विद्युतको माग धान्न कुलेखानी जलाशय २४ घन्टा चलाउँदा पानीको सतह घटेर १५०६ मिटरमा झरेको थियो । अत्यावश्यक परेको समयमा पानीको सतह १४९० मिटर हुँदासम्म मेसिन चलाउन सकिने भए पनि १५०० मिटरभन्दा तल नझारिएको यादवले बताए ।

कुलेखानी जलाशयको क्षमता १५३० मिटर छ । जलाशयको पानी उपयोग गरी ६० मेगावाटको कुलेखानी–१ र ३२ मेगावाटको कुलेखानी–२ र १४ मेगावाटके कुलेखानी तेस्रे गरी ३ जलविद्युत केन्द्रबाट १ सय ६ मेगावाट विद्युत उत्पादन गरिन्छ । देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो ।

कुलेखानी जलाशयलाई बिश्राम दिइए पनि नदीको बहाबमा आधारित प्राधिकरणका सबै जलविद्युतगृह पूर्ण क्षमतामा चलिरहेको यादवले जानकारी दिए । विद्युतको माग घट्ने रातको समयमा भने क्षमता घटाएर विद्युतगृह चलाउनु पर्दा विद्युत खेर गइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit