images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा जनार्दन भट्टराईले पुनः निरन्तरता पाएका छन् । संघको शनिबार सम्पन्न १२औं महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि भट्टराई, प्रमिला ढुंगाना, इन्द्रप्रसाद न्यौपाने र उमेशकुमार साह चुनावी प्रतिस्पर्धामा थिए । चुनावी प्रतिस्पर्धामा भट्टराई सबैभन्दा बढी २२४ मत ल्याई विजयी भएका हुन् ।

संघको नेतृत्वका लागि सक्षम देखेर नै यो पटक पनि कर्मचारीहरूले मतदान गरेर विजयी बनाएको भट्टराईले बताए । ‘म लामो समयदेखि संघको नेतृत्वमा छु,’ उनले ऊर्जा खबरसँग भने, ‘यस पटक पनि साथीहरूले विश्वास गरेर यो जिम्मेवारी मलाई दिनु भएको छ ।’

उनका प्रतिस्पर्धि ढुंगानाको पक्षमा ८०, न्यौपानेको पक्षमा ४५ र साहको पक्षमा ३३ मत खसेको थियो । सह–अध्यक्षमा टंकप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष (खुला) तर्फ खिमेन्द्र बुढाथोकी, पुष्पराज भट्टराई र राजेन्द्र थापा विजय भएको संघले जनाएको छ । 

संघका अनुसार महिलातर्फ वरिष्ठ उपाध्यक्षमा सुजना काफ्ले, मधेसीतर्फ नरेशकुमार चोरवार तथा आदिवासी जनजाती कोटामा भीमप्रसाद गनगाई महाधिवेशनबाट निर्वाचित भएका छन् ।

उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा नवराज कडरियार सबिन कार्की निर्वाचित भएका छन् । महासचिव पदका लागि भएको प्रतिस्पर्धामा धिमन्तराज न्यौपाने चुनिएका छन् । 

श्रीराम सापकोटा उपमहासचिव पदमा तथा लक्ष्मी पराजुली कोषाध्यक्ष पदमा निर्वाचित भएको संघले जानकारी दिएको छ । संघको शनिबार सम्पन्न महाधिवेशनले १०१ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । शुक्रबारबाट सुरु भएको महाधिवेशन शनिबारसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit