विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले मुगु जिल्लाको सोलु गाउँपालिकामा पहिचान भएको १५९.६२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको निर्माण अघि बढाउन अनुमतिका आवेदन दिएको छ । कम्पनीले विद्युत विकास विभागमा उत्पादन अनुमतिका लागि २०७९ मंसिर २ गते ( शुक्रबार) आवेदन दिएको हो ।

दुर्गम जिल्लामा पनि सहज रुपमा विद्युत विस्तार गर्ने उदेश्यले निर्माण गर्न लागिएको आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागले अनुमति दिने लगतै आयोजनाको काम सुरु गरिनेछ ।

मंसिरमा मात्र करिब २०० मेगावाटका आयाेजनाले उत्पादन अनुमतिका अावेदन दिएकाे विभागकाे तथ्याङ्कमा छ । यस्तै, युनिभर्सल पावर कम्पनीले पनि सोलुखुम्बुमा  २४.२२ मेगावाटको माथिल्लो इन्खु खाेलाकाे उत्पादन अनुमतिका लागि मंसिर १ गते आवेदन दिएको छ ।

स्याम खोला इनर्जी डेभलपमेन्ट कम्पनीले ७.२५ मेगावाटको स्याम खोला, बुढीगण्डकी हाइड्रो पावर प्रालिले ४.६ मेगावाटको सुपर माछा, हिमसीला पावर कम्पनीले ४.५ मेगावाटको गसाली खोलाको उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् ।

स्याम खोला भोजपुरमा, सुपर माछा गोरखामा र गसाली खोला धादिङमा निर्माण हुनेछ । हालसम्म ७१४८.५२४ मेगावाटका ९५ जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit