विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकस्थित ३ मेगावाटको भैरवकुण्ड जलविद्युत केन्द्र करिब साढे ७ महिनापछि सञ्चालनमा आएको छ । बर्खाको बाढीले संरचनामा क्षति पुर्याउँदा बन्द भएको जलविद्युत केन्द्र पुनर्निर्माणपछि शनिबारबाट सञ्चालनमा आएको हो ।

२०७७ जेठ २ गतेको बाढीले जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याएको थियो । त्यस यता जलविद्युत केन्द्रकाे उत्पादन बन्द थियाे ।

७ महिना लगाएर बाढीले बगाएका संरचनाको पुनर्निर्माण गरिएकाे जलविद्युत केन्द्र व्यवस्थापक पुष्पराज डाँगीले बताए । उनका अनुसार जलविद्युत केन्द्रकाे उत्पादन सुचारु गरी लामोसाँघु सबस्टेसनमा लगेर जोडिएको छ ।

लामो समय जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा विद्युत बिक्रीबाट हुने करिब ८ करोड रुपैयाँ आम्दानी गुमेको छ । ‘झण्डै साढे ७ महिना जति विद्युत उत्पादन बन्द हुँदा ठूलो आम्दानी गुम्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘पुनर्निर्माण गर्दा पनि ३० लाख रुपैयाँ खर्च भएको छ ।’

जलविद्युत केन्द्र रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौड्याल, प्रवर्द्धक भैरवकुण्ड हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश पौड्यालको उपस्थितीमा औपचारिकरूपमा उत्पादन सुचारु गरिएको उनले बताए ।

भैरवकुण्ड पटक–पटक प्राकृतिक प्रकाेपकाे मारमा पर्दै आएको छ । यसअघि पनि  जुरेको पहिरो, भूकम्प, बाँधमा खसेकाे पहिरो र भोटेकोसी नदीमा आएको भीषण बाढीकाे प्रकाेपमा परेकाे थियाे । 

कम्पनीले पटक–पटक प्राकृतिक प्रकोपको पारमा परेको जलविद्युत केन्द्रकाे पुनर्निर्माण गरेर सञ्चालन गर्नु पर्दा आर्थिक संकटको सामनासमेत गर्नु परेकाे थियाे । नियमित आम्दानी गुमेकै कारण बैंककाे ऋण चुक्त्ता गर्न समस्या भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit