विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिल्क पावर प्रालिले प्रदेश नम्बर १ को सोलुखुम्बु जिल्लामा पहिचान भएको २४.८८ मेगावाटको लुजा खोला जलविद्युत आयोजनाको काम साढे ३ वर्षभित्र पूरा गर्ने भएको छ । जिल्लाको खुम्बु पासाङ ल्यामु गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको सिमाना भई बग्ने लुजा खोलामा अघि बढ्न लागेको आयोजनाको काम २०८२ भित्र पूरा गरिने भएको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरेको छ ।

आयोजनाको भौतिक संरचनाहरू खुम्बु पासाङ ल्यामु गाउँपालिकाको वडा नम्बर २ मा रहनेछ । आयोजनाको बाँध समुन्द्र सतहबाट ३२०३ मिटर उचाँइमा रहनेछ । आयोजनाकाे  बाँधबाट २.४ किलोमिटर लामो हेडरेस सुरुङ र १.६४ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा ८.७ मेगावाटको ३ वटा टवाईनमा जडान भएको जेनेटेरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक १६७.३१० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत ३५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको तिङला सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit