विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । डडेल्धुराको परशुराम नागरपालिका २.५ मेगावाटको शीर्षागाड खोला साना जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । उक्त नगरपालिकाको वडा नम्बर ३ र ४ मा आयोजनाको संरचना रहने गरी दुर्गाथली पावर कम्पनी प्रालिले आयोजना विकास गर्ने भएको हो । यसका लागि उत्पादन अनुमति पत्रको माग गर्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिई प्रक्रिया अघि बढाएको छ । 

आयोजना अन्तर्गत स्थानीय शीर्षागाड खोलाको पानी फर्काउन ३ मिटर उचाइको २८ मिटर लामो बाँध निर्माण गरिने छ । विद्युत्‌गृहमा २ वटा उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ ।

आयोजनाबाट वार्षिक सरदर १३.६६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई ३३ केभी क्षमताको २.५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइनमार्फत परशुराम नगरपालिका–१२ मा प्रस्तावित जोगबुढा सबस्टेसनमा जोडिने छ । 

आयोजनाबाट सन् २०२८ को जुन ७ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३