विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सुर्खेत (चिप्ले) । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध क्षेत्र निर्माण गर्न ठेकेदार छनोट गरी अहिले धमाधम काम भइरहेको छ । सुरुङबाहेकको सिभिल निर्माण हेडवर्क्स, सर्ज साफ्ट, पेनस्टक र विद्युत्गृह मध्ये हेडवक्र्स अर्थात् बाँधको काम सुरु भएको हो ।

बाँध क्षेत्रमा गत वर्ष निर्माण भएको कफर ड्याम बाढीले भत्काएपछि त्यसको पुनर्निर्माण सुरु भएको छ । यो सँगै त्यस क्षेत्रमा ब्याचिङ प्लान्ट निर्माण गर्ने, क्रसर राख्ने आयोजना तथा परामर्शदाताका लागि आवास निर्माण गर्ने लगायत काम सकिएको छ । यस्तै, बाँध क्षेत्रमा ल्याब स्थापना गरी परीक्षण गर्ने काम भइरहेको छ ।

बाँध क्षेत्रमा सेटलिङ बेसिन (बालुवा थिग्र्याउने पोखरी निर्माण गर्ने ठाउँ खन्ने काम भइरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म मुआब्जा निर्धारण समितिबाट जग्गाको दर रेट निर्धारण भएको, नम्बरी जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको र ऐलानी जग्गाको क्षतिपूर्तिको लागित प्रक्रिया अगाडि बढाइएको छ ।

सिभिल निर्माणतर्फको सम्पूर्ण काम गर्न ग्वाङडोङ युआनटियान रमन जेभीसँग २०७६ साउन ३० गते ४ वर्षमा काम पूरा गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सिभिलतर्फ विद्युत्गृह निर्माणको काम पनि जोडिएको छ । अलि हतारमा ठेक्का गर्दा योग्य ठेकेदार छनोट नभएको भन्ने गुनासो बाहिर आइरहँदा समयमा सिभिलतर्फको काम पूरा हुनेमा आशंक देखिएको छ ।

६ अर्ब १६ करोड ५२ लाख १६ हजार रुपैयाँ लागत अनुमान गरिएको सिभिल वक्र्सको सबै काम २०७९ साउन २९ गते पूरा गर्नुपर्ने सर्त छ । ठेक्का सम्झौता भएको एक वर्ष पूरा भए पनि अहिलेसम्म जम्मा १० प्रतिशत काम पूरा भएको आयोजनाले जानकारी दिएको छ । चालू आर्थिक वर्षभित्र ४० प्रतिशत काम पूरा गर्ने लक्ष्य छ ।

आयोजनाको १२.२ किलोमिटर सुरुङ २०७६ बैशाखमा पूरा भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणस्थल पुगेर बैशाखमा काम सम्पन्न भएको घोषणा गरेका थिए । १० अर्ब ५६ करोड ९८ हजार रुपैयाँ लागत अनुमान गरिएको सुरुङको १ प्रतिशत काम बाँकी रहेको जनाइएको छ ।

आयोजनाका अनुसार अहिलेसम्म समग्र कामको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३८.७ प्रतिशत पूरा भएको छ । बाँध पूरा भएर सुरुङबाट पानी ल्याएर बबईमा खसाल्न भने अझै करिब ४ वर्ष कुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit