images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर मादी हाइड्रो पावर कम्पनीले विभन्न पदमा रोजगारीको अवसर खुलाएकाे छ । कम्पनीले कास्कीमा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनामा र काठमाडाैंस्थित केन्द्रीय कार्यालयमा खटाउने गरी २५ जना कर्मचारीकाे पदपूर्ति गर्न आवेदन  खुलाएकाे हो ।

३ जना सिभिल इन्जिनियरसहित खाली रहेका २ दर्जन खाली स्थानमा पदपूर्ति गर्न आवेदन खुलाईएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ जना केन्द्रीय कार्यालय र २ जना आयोजनास्थलमा घटाउने गरी ३ जना इन्जिनियर मागिएकाे हाे । 

यस्तै, १ जना आयोजना प्रबन्धक (प्लान्ट म्यानेजर), ४ जना ‘हेडवर्क अपरेटर’ र ४ जना ‘हेडवर्क अपरेटर हेल्पर’  मागिएकाे छ । कम्पनीले ९ जना मेकानिकल अपरेटर, ३ जना इलेक्ट्रिकल अपरेटर र एक जना एकाउन्टेन्ट (लेखापाल) का लागि आवेदन खुलाइएको छ ।

आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी अनुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले एक हप्ता (फागुन २१ गते) भित्र आवेदन दिइसक्नु पर्नेछ ।

आवेदकले बायोडाटा, फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रसहित आवेदन बुझाउनु पर्नेछ । आवेदकले कम्पनीको इमेल ठेगाना ([email protected]) मा आवेदन दिनुपर्नेछ । तलब तथा सुविधाकाे व्यवस्था आपसी सहमतिमा ताेकिने उल्लेख छ ।

कम्पनीले निर्माण गरिरहेकाे आयाेजना ७० प्रतिशत पूरा भएकाे छ । आयाेजनाबाट अबकाे ११ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit