विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले १ बराबरको १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ७० करोड रुपैयाँ बराबरकै हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ कायम हुनेछ । बैंक ऋण भुक्तानीका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

विद्युत् नियमन आयोगको स्वीकृति प्राप्त भएपश्चात् कम्पनीको आगामी साधारणसभाबाट हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्ने पनि जनाइएको छ । कम्पनीले संखुवासभामा १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत् आयोजना निर्माणा गरिरहेको छ ।

उत्पादित विद्युत् आयोजनाको स्वीचयार्डदेखि चैनपुर नगरपालिकामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको २२०/३३ केभी सबस्टेसनमा जोडिने छ । उक्त सबस्टेसनसम्मको ३.४३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ । प्रसारण लाइन क्षेत्रमा ६१ वटा पोल निर्माण गरिने छ ।

आयोजनाको थप संक्षिप्त विवरण

क्षमता: १०.३ मेगावाट    
वार्षिक उत्पादित ऊर्जा: ५७.६८५ गिगावाट घन्टा (५७६८५००० युनिट)
लगानी: १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ
ऋण/स्वपुँजी: ७०/३० प्रतिशत
ऋणदाता बैंकहरू: सिटिजन्स इन्टरनेशनल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit