विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सयपत्री हाइड्रो पावर कम्पनीले ९ करोड रुपैयाँ मूल्यको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले बागलुङमा सञ्चालित २.५ मेगावाटको दरमखोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले सेयर निष्कासन गर्ने स्वीकृतिका लागि नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृत प्राप्त भएपछि सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीको तयारी छ ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित ९ लाख कित्ता साधारण सेयर बिक्री खुल्ला गरिनेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

स्थानीयका लागि ३ करोड रुपैयाँ मूल्यको ३ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ करोड मूल्यको ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबीएल एसीइ क्यापिटलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले बागलुङमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७३ असार १२ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit