विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा माई हाइड्रो पावर कम्पनीले ९ महिनामा ४५ करोड रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यति नाफा कमाएको देखिएको हो । 

चैतसम्मको अवधिमा ४५ करोड ६० हजार ७ सय ७१ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नाफा गत वर्ष यही अवधिको तुलनामा बढेको हो । गत वर्ष ३३ करोड २२ लाख २३ हजार ५ सय ४२ रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले यस अवधिमा २२ मेगावाटको माइ खोला र ७ मेगावाटकाे माइ क्यासकेड जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ७४ करोड ४७ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गरेको याे आम्दानी पनि गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ६६ करोड ३६ लाख ४४ हजार १ सय ९९ रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले अन्य स्रोतबाट ५१ हजार ३ सय ७४ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको अन्य स्रोतबाट भएको आम्दानी भने गत वर्षको तुलनामा भने घटेको देखिएको छ । गत वर्ष १ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

याे अवधिमा युनाइटेड मोदी हाइड्रो पावरले २ करोड ७४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । याे  नाफा गत वर्षको तुलनामा घटेको हो । गत वर्ष ५ करोड २७ लाख ६५ हजार रुपैयाँ दुख नाफा कमाएको थियो । 

कम्पनीले यस अवधिमा १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १८ करोड १३ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा आम्दानी घटेको हो । गत वर्ष २२ करोड ६३ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेकाे थियो । 

यस्तै, अन्य स्रोतबाट ३ करोड ८१ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ। कम्पनीका अनुसार अन्य स्रोतबाट भएको आम्दानी भने गत वर्षको तुलनामा बढेकाे देखिएको छ ।  गत वर्ष १४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीकाे पर्बतमा रहेकाे १० मेगावाटकाे तल्लो मोदी–१ जलविद्युत आयोजनाले २०६९ मंसिर ९ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit