विद्युत अपडेट

  • प्राधिकरण : ८८८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६६३३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५५४० मे.वा.घन्टा
  • आयात : ८५७० मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : २५२० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२१४५ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १९०९ मे.वा.
२०८० जेठ २८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले ३३ केभी वितरण लाइनमा क्षति पुर्याउँदा चामे क्षेत्रको विद्युत सेवा अवरुद्व भएको छ । बुधबार (जेठ १० गते) वर्षासँगै गएको पहिरोले मनाङ जिल्लाको ३३ केभी राधी-स्यार्क्यू प्रसारण लाइनमा क्षति पुर्याउँदा लाइन क्षतिग्रस्त भइ सेवा अवरुद्व भएकाे हाे ।

जिल्लाकाे नाशो गाउँपालिका वडा नम्बर–१ सिरानी ताल नजिक पहिरो जाँदा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको मनाङ वितरण केन्द्रका फाेरमेन धर्मराज महर्जनले बताए ।  ‘बुधबार बेलुकी ५ बजेतिर झरेको पहिरोले प्रसारण लाइनको पोल नै ढालेकाे छ’, उनले ऊर्जा खबरसँग भने, ‘पहिरो सडकमै झरी बाटो र विद्युती पोलमा क्षति पुगेको छ, यसकाे मर्मतका लागि टाेली खटाइएकाे छ, मर्मत गर्न २/३ दिन लाग्ने छ ।’

विद्युतीय पोल ढलेपछि जिल्लाको सदरमुकाम चामेमा विद्युत सेवा अवरुद्ध भएको छ । सेवा बन्द हुँदा यी लाइनबाट वितरण हुने सम्पूर्ण क्षेत्र प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit