विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले ऊर्जा क्षेत्रको विकासका लागि करिब ७ अर्ब १४ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग दिने भएको छ । एडिबीले विद्युत ग्रिड आधुनिक परियोजनाको नाममा ऋण सहयोग उपलब्ध गराउन सहमत भएकाे हो ।

शुक्रबार (भोलि) एडिबी र अर्थ मन्त्रालयबीच ऋण सहायता सम्बन्धी सम्झौता हुँदैछ । भोलि बिहान ११ बजे एडिबीसँग ऋण सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको मन्त्रालयले जनाएको छ । सम्झौतामा मन्त्रालयकोतर्फबाट सचिव मधुकुमार मरासिनी र एडिबीकोतर्फबाट नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

यस्तै, परियोजना सम्बन्धि सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडिबीका नेपाल निर्देशक काचोइसले हस्ताक्षर गर्ने कार्यक्रम छ । एडिबीले उपलब्ध गराउने ऋण सहायताको रकम विद्युत प्राधिकरणमार्फत परियोजना कार्यान्वयनका लागि खर्च गरिनेछ ।

एडिबीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जलविद्युत, प्रसारण लाइन तथा वितरण लाइनको निर्माण तथा स्तरोन्नतिका लागि ऋण सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit