विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कोसी प्रदेश अन्तर्गत ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा ३० मेगावाटको पालुन खोला १ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । ट्रष्ट इनर्जी लिमिटेडले उक्त गाउँपालिकामा पहिचान गरेको आयोजना अघि बढाउन लागेको हो ।

जिल्लाको मिक्वाखोला गाउँपालिका भएर बग्ने पालुन खोला र सानो खोला समेतको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृती पाउने लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।

प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजनास्थलमा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा सरोकारवालाले विभाग तथा कम्पनीले कार्यालयमा आइपुग्ने गरी लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

प्रस्तावित आयोजनाको मुख्य संरचनाहरू पालुन खोला र सानो खोलाको बायाँ किनारामा पर्ने गरी निर्माण गरिनेछ । सोनो खोला र पालुन खोलामा बाँध बाँधी खोलाको बाँयाट्टि निर्माण हुने इन्टेक बाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै भूमिगत विद्युत् गृहमा लगिनेछ । तत्पश्चात पानीलाई टेलरेस टनेल मार्फत पुन पालुन खोलामा पठाइनेछ ।

३६..३ मिटर लम्बाई १५.२ मिटर चौडाई र २१ मिटर उचाई भएको भूमिगत विद्युत गृहमा २ वटा भर्टिकल एक्सिस पेल्टन टर्वाइनहरूमा पानी खसाली सो टर्वाइनसँग जोडिएको २ जेनेरेटर मार्फत ३० मेगावाटको विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत १३२/११ केभि १८ एमभिएकाे २ वटा ट्रान्सर्फमरबाट २७ किलोमिटरको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित हाङपाङ सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । कम्पनीले उक्त आयोजनाको काम २०८५ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit