विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उच्च क्षमताका १०३ प्रसारण लाइन आयोजना निर्माणका विभिन्न चरणमा पुगेका छन् । विद्युत विकास विभागले निर्माण अनुमति दिएका ४ सय केभीदेखि १३२ केभी क्षमतासम्मका १ सय बढी प्रसारण लाइन निर्माणका विभिन्न चरणमा गएका हुन् ।  

निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले सरकार तथा निजी क्षेत्रले प्रसारण लाइन आयोजना निर्माण गर्न अनुमतिपत्र लिएको विभागले जनाएको छ । विभागका अनुसार यी आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

अनुमतिपत्र जारी भएका प्रसारण लाइनको क्षमता ४ सय केभी, २ सय २० केभी, १ सय ३२ केभी छ । अनुमति पाएका ४ सय केभीका ४ प्रसारण लाइन आयोजना छन् । ढल्केबर–बित्तामोड, हेटाडा–ढल्केबर–इनरुवा, तामाकोसी–काठमाडौं, अरुण–३ रहेका विभागले जनाएको छ ।

हेटौंडा–ढल्केबर–इनरुवा डबल सर्किट प्रसारण लाइन आयोजना अहिले निर्माणाधीन छ । मकवानपुरको हेटौंडादेखि सुनसरीको इनरुवासम्म २ सय ८५ किलोमिटर लामो प्रसारण लाइन आयोजना निर्माण भइरहेको हो । प्रसारण लाइनअन्तर्गत ७ सय ९२ वटा टावर निर्माण हुनेछन्  ।

यस्तै, ३९ किलोमिटर लामो ढल्केबर–बिर्तामोड प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणले २०६८ भदौमा निर्माण अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

तामाकोसी–काठमाडौं प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन हुने विद्युत काठमाडौं ल्याउन यो प्रसारण लाइन आयोजना निर्माण भइरहेको हो ।  यो प्रसारण लाइन निर्माण गर्न २०७४ कात्तिक २७ गते अनुमतिपत्र दिइएको थियो । सय किलोमिटर लामो प्रसारण लाइन पूरा भएपछि करिब ५ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न ४ सय केभी प्रसारण लाइन निर्माण हुँदैछ । २ सय १७ किलोमिटर लामो प्रसारण लाइन आयोजना निर्माण गर्न विभागले २०७५ माघ २७ गते अनुमतिपत्र दिएको छ ।

यही प्रसारण लाइनमार्फत अरुण–३ ले उत्पादन गरेको विद्युत भारत जानेछ । यस्तै, २२० केभीका २२, १३२ केभीका ७७ प्रसारण लाइन आयोजना निर्माण गर्न अनुमति जारी गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit