विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३३ केभी दुहबी–खनार डबल सर्किट प्रसारण लाइनको स्तरोन्नतिका क्रममा एक महिनासम्म विद्युत सेवा प्रभावित हुने भएको छ । प्रसारण लाइनको दुहबीदेखि खनारसम्मको खण्डको स्तरोन्नति गर्न दैनिक विद्युत लाइन काटिने भएको हो । 

मंगलबार बिहानबाट विद्युत लाइन काटेर प्रसारण लाइनको स्तरोन्नति कार्य सुरु गरिएको वितरण केन्द्र प्रमुख सुरेन्द्रकुमार साहले बताए । उनका अनुसार अहिले भएको एसिएसआर डग कन्डक्टर (पातलो तार)को स्थानमा एचटिएलएस कन्डक्टर (मोटो तार) राखेर स्तरोन्नति गर्ने कार्य सुरु भएको छ ।
‘बिहानैदेखि प्रसारण लाइनमा एचटिएलएस कन्डक्टर राख्न सुरु गरिएको छ,’ उनले ऊर्जा खबरसँग भने,‘यो क्रम अब फागुन १२ गतेसम्म नियमित चल्नेछ ।’ उनले प्रसारण लाइनको स्तरोन्नतिको अवधिभर एक महिनासम्म दैनिक ९ घन्टा (बिहान ८ बजेदेखि साँझ ५ बजे) विद्युत लाइन काटिने बताए ।

लाइन काटिँदा दुहबीदेखि खनारसम्मको विद्युत सेवा प्रभावित हुने देखिएको छ । सकेसम्म ५ बजे अगाडि नै लाइन सुचारुको प्रयास गरिने पनि वितरण केन्द्रले जनाएको छ । यो प्रसारण ओभर लोड हुँदा आपूर्ति व्यवस्थापनमा समस्या हुँदै आएको थियो ।

लाइनको स्तरोन्नतिपछि यस क्षेत्रको विद्युत सेवाको गुणस्तरमा सुधार हुने साहले बताए । प्राधिकरणले प्रसारण लाइन, सबस्टेसन र वितरण लाइनको मर्मत तथा स्तरोन्नति गर्न सार्वजनिक सूचना निकालेर लाइन काट्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit