विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागका महानिर्देशक जीबछ मण्डलले आफूले खाईपाई आएको तबलको आधा सहिद सहयोग कोषमा दिने घोषणा गरेका छन् । देशको विषम परिस्थितिलाई ध्यानमा राखेर निर्वाचनको घोषित मिति फागुन २१ गतेसम्म (६ महिना) आफूले पाउने तलबको आधा उक्त कोषमा दिने निर्णय लिएको ऊर्जा खबरसँग उनले बताए ।

‘देशमा व्याप्त भ्रष्टाचारलाई न्यूनीकरण वा नियन्त्रण होइन कि निर्मूल नै पार्नुपर्छ भनेर मैले आफू सहसचिव हुँदादेखि नै भन्दै आएको थिएँ,’ उनले भने, ‘मन्त्रीज्यूहरूले तलब नलिने घोषणा गरेपछि मलाई पनि अझ प्रेरणा मिलेकोले यो घोषणा गरेको हुँ ।’ यस्तो घोषणा स्वैच्छिक भएकाले अन्य कर्मचारीले पनि आफ्नो अवस्था हेरेर यस्तो घोषणा गर्न सक्ने उनको भनाइ छ ।

‘देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै भएको आन्दोलनको मर्म र भावनाअनुसार नै मैले विभागमा भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएर काम गर्न पनि मैले कर्मचारी साथीहरूलाई निर्देशन दिइसकेको छु,’ उनले भने ।

जेन–जी पुस्ताको अगुवाइमा भदौ २३ र २३ गते देशमा भएको आन्दोलन र प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोले मृतकका परिवारको सहयोग तथा तोडफोड भएका र जलेका संरचना निर्माणका लागि मितव्ययी भएर अघि बढ्नु पर्ने आवश्यकताका कारण आफूले यस्तो घोषणा गरेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३