विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले सरकारद्वारा गठित छानबिन समितिले सोधेको स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गरेका छन् । आफू कोभिड संक्रमित भएको भन्दै उनले स्पष्टीकरणपत्र बुझ्न नमानेका हुन् ।

गत पुस ८ मा बसेको मन्त्रिपरिषद् बैठकले आयोगका पदाधिकारीले पदीय दायित्व पूरा नगरेको तथा उनीहरूको कार्यक्षमता चित्तबुझ्दो नरहेको भन्दै पदबाट हटाउन प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

सरकारले आयोगका पदाधिकारीमाथि छानबिन गर्न उच्च अदालत विराटनगरका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको संयोजकत्वमा पूर्वसहसचिव विष्णुबहादुर थापा र आशिष घिमिरे सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो । छानबिन समिति स्रोतका अनुसार आयोगका २ जना सदस्यले स्पष्टीकरण बुझे पनि अध्यक्ष सिंहले बुझेका छैनन् ।

‘उहाँले स्वास्थ्यको कारण देखाउँदै पत्र बुझ्न मान्नुभएन । हामीले दबाब पनि दिएनौं । अब निको भएपछि बुझ्नुहुन्छ होला,’ स्रोतले भन्यो, ‘अरू दुई जना सदस्यले भोलिपर्सिसम्ममा आफ्नो सफाइ बुझाउनुहुन्छ । अध्यक्षको हकमा पत्र बुझेको मितिले ७ दिनको समय पाउने भनिएको छ । त्यसपछि अरू प्रक्रिया अघि बढ्छन् ।’ आयोगका पदाधिकारीहरूमाथि छानबिन गर्न सरकारले समितिलाई १५ दिनको समय दिएको थियो । उक्त समयमा छानबिनको नसकिने भन्दै मन्त्रालयलाई लिखित जानकारी गराइसकेको पनि स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘गम्भीर विषय भएकाले विस्तृतमा अध्ययन गरेर मात्रै प्रतिवेदन बुझाउँछौं । समितिलाई थप समय उपलब्ध गराउन मन्त्रालयमा निवेदन पठाइसकेका छौं ।’ आयोगका सदस्य रामेश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीले भने समितिले सोधेको स्पष्टीकरणपत्र बुझिसकेका छन् । त्यस्ता अर्का सदस्य रामप्रसाद धितालले स्पष्टीकरण दिनुअघि नै पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ ।

विद्युत् नियमन आयोग ऐनको दफा ९ लाई आधार बनाएर गठित छानबिन समितिले सोही ऐनको परिच्छेद ३ अनुसार आयोगका लागि तोकिएका काम कर्तव्य र अधिकार पूरा भए–नभएको बारे पदाधिकारीहरूसँग स्पष्टीकरण सोधिएको जनाइएको छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit