विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलाम जिल्लाको माई खोलामा २ आयाेजना निर्माण गरी सञ्चालनमा ल्याएका हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ । विद्युत नियमन आयोगले १ः०.७५ को दरले हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएकाे हाे ।

आयोगले अनुमति दिएसँगै कम्पनीको १३औं र १४औं वार्षिक साधारण सभाबाट हकप्रद सेयर निष्कासन पारित हुनेछ ।  आयोगका अनुसार कम्पनीले कानुन प्रक्रिया पूरा गरेर आवेदन दिएपछि १६७औं बैठकले सेयर निष्कासन अनुमति दिइएकाे छ ।

कम्पनीले गत साउन १५ गते कानुन मिचेर विद्युत नियमन आयोग र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट अनुमति नै  नलिइ सेयर निष्कासन गर्ने तयारी गरिरहँदा नेप्सेले कारोबार नै रोक्का गरेको थियो । कानुन मिचेर हकप्रद सेयर निष्कासन गर्न लागेको भन्दै नेप्सेले दोस्रो बजारको सेयर कारोबार बन्द गरेपछि कम्पनीले स्पष्टीकरण सहित माफी मागेपछि काराेबार फुकुवा गरिएकाे थियाे ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विनियम २२(१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारीबाट सर्वसाधारणलाई कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको भन्दै नेप्सेले स्पष्टीकरण  सोधेको थियो ।

त्यस्तै, धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रको बुँदा नम्बर १० मा भएको व्यवस्था अनुसार संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तिमा ७ ( सात) दिन अगाडी नेप्सेलाई दिनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा कम्पनीले उक्त सम्झौता समेत उल्लङ्घन गरेको थियो ।

कम्पनीले इलाममा ४.५ मेगावाटको माइ खोला स्मल र ८ मेगावाटको माई स्मल क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाबाट विद्युत उत्पादन भएको ३ वर्षसम्म संस्थापक सेयर बेचबिखन गर्न नपाइने प्रावधान रहेको छ ।

याे पनि पढ्नुहाेस

हकप्रद सेयर निष्कासन प्रक्रियामा कानुन मिचिएकोमा हिमाल-दोलखाले माफी माग्यो

हिमाल–दोलखा हाइड्रो पावरले कानुन मिचेर हकप्रद सेयर निकाल्दै, नेप्सेले कारोबार रोक्यो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit