विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साहस ऊर्जा कम्पनीले साउन २९ गते सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु खोला (दुधकोसी) जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ मुल्यमा अंकित ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागिएको हो ।

स्थानीयले छिटोमा भदौ ११ गतेसम्म र ढिलो भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयले ग्लोबल आईएमईको सल्लेरी, नेपाल इन्भेष्टमेन्टको लुक्ला, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रेको सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियलको रमिते शाखाबाट आवेदन दिन सक्ने छन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेपछि सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारणका लागि ७० करोड रुपैयाँ मूल्यको ७० लाख कित्ता सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ । कम्पनीले इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

आयोजनाको ७४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit