विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनिभर्सल पावर कम्पनीले साढे १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा सो मुनाफा आर्जन गरेको हो ।

पुस मसान्तसम्मको अवधिमा १ करोड ६६ लाख ३९ हजार रुपैयाँ आयकर कट्टि पछिको नाफा आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो नाफा गत वर्षको यहीसमय अवधिको तुलनामा १ करोड ३६ लाख ४० हजार रुपैयाँ कम हो । गत वर्ष ३ करोड २ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले अन्य स्रोतबाट करिब २ करोड ४२ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गतवर्षको तुलनामा घटेको हो । गत वर्ष ४ करोड ५० लाख २४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी नभएपनि कम्पनीले अन्य स्रोतबाट खुद नाफा कमाएको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.६१ रुपैयाँ रहेको छ ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ । निर्माणाधीन आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit