विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी कोसी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गतका बानेश्वर र तुम्लिङटार सबस्टेसनको निर्माण पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले कोरिडोरको तुम्लिङटार–इनरुवा खण्ड अन्तर्गत निर्माण भएका दुवै सबस्टेसनको भौतिक संरचना निर्माणको काम सम्पन्न गरेको हो ।

अहिले निर्माण पूरा भइसकेका दुवै सबस्टेसनको आन्तरिक परीक्षण भइरहेको आयोजना प्रमुख राजन ढकालले बताए । उनका अनुसार सबस्टेसनमा जडान भएका उपकरणहरूको परीक्षण भइरहेको छ ।

‘दुवै सबस्टेसनको संरचना तयार भइसकेका छन्,’ उनले भने, ‘जडान भएका उपकरण सही छन् /छैनन् भनेर हेर्ने काम हुँदैछ ।’ उनले निर्माण पूरा भइसकेका दुवै सबस्टेसन कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको प्रसारण लाइन पूरा भएपछि मात्रै लोड दिएर चार्ज गरिने बताए ।

कोरिडोर अन्तर्गत तुम्लिङटार सबस्टेसनको क्षमता २२०/१३२ केभी छ । बानेश्वर सबस्टेसन  २२०/३३ केभी क्षमताको छ । तुम्लिङटार–इनरुवा खण्ड अन्तर्गत नै निर्माण भइरहेको २२०/१३२ केभी सबस्टेसन भने करब ५० प्रतिशत सम्पन्न भइसकेको छ । 

प्रसारण लाइनको संखुवासभाको तुम्लिङटारदेखि सुनसरीको इनरुवासम्म पर्ने खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । याे खण्डकाे करिब ९७ प्रतिशत काम सकिएकाे छ । १ सय ५ किलोमिटर लामो यस खण्डमा पर्ने ३ सय २२ वटा टावरको जग खन्ने काम पूरा भइसकेको छ । ३ सय १९ वटा टावर पनि खडा भइसेकेका छन् । प्रसारण लाइनको तार तान्ने काम समेत ९३.५८ प्रतिशत पूरा भइसकेको छ ।

यो खण्ड पूरा हुने चरणमा पुगे पनि धरान उपमानगरपालिकाको विष्णुपादुकामा स्थानीय अवरोधले काम हुन सकेको छैन् । यहाँका स्थानीयबासीले प्रसारण लाइनको रुट पर्ने ऐलानी जग्गाको मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै अवरोध गरेपछि निर्माण प्रभावित हुन पुगेको ढकालले बताए ।

स्थानीयबासीको अवरोधले प्रसारण लाइनको टावर नम्बर ५६/१ निर्माण गर्न नसकिएको उनले बताए । उनले अवरोध हटाउनका लागि सहजिकरण गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालसमक्ष अनुरोध गरेको पनि बताए ।

कोरिडोर अन्तर्गत प्रसारण लाइनको २२० ढुंगेसाँघु–बसन्तपुर खण्ड पनि ६० प्रतिशत पूरा भएको छ । ताप्लेजुङको ढुंगेसाँघुदेखि तेह्रथुमको वसन्तपुरसम्म पर्ने ३५ किलोमिटर लामो यस खण्डमा १ सय ३२  वटा टावर निर्माण हुँदैछन् ।

अहिलेसम्ममा प्रसारण लाइनको ८५ वटा टार तयार भइसकेको ढकालले बताए । भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा २०७४ कात्तिकदेखि कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । 

प्राधिकरणले निजी क्षेत्रका ५ सय १६ मेगावाटका २८ जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइनमा प्रवाह गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यो कोरिडोरमा जोडिने आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् ।

प्रसारण लाइन पूरा भएपछि यहाँबाट २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । प्रसारण लाइन तथा सबस्टेसन पूरा गर्न ८ करोड अमेरिकी डलर (करिब ९ अर्ब ७२ करोड रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit