विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा हाइड्राे समूहकै कम्पनीले दोलखामा ५६ मेगावाटको जुम खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएकाे छ । बिगू गाउँपालिकाको वडा नम्बर १ मा पहिचान भएको आयोजना सानिमा जुम हाइड्रो पावर कम्पनीले अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसका लागि विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना दिएकाे छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा अनुमतिपत्र दिनेछ । विभागले अनुमतिपत्र जारी गनुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरका बारेमा सरोकारवालासँग राय/सुझाव मागेको छ ।

सरोकारवालासँग सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव माग गरिएको विभागले जनाएको छ । विभाग वा कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरिएको छ ।

आयोजनाको सम्पूर्ण संरचना जुम खोलाको बायाँ किनारामा रहेन गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब १० मिटर उचाई र ३६ मिटर लामो बाँध बाँधी खोलाबाट फकाईने पानीलाई १ हजार ५ सय १९ मिटर लामो हेडरेस पाइप मार्फत भुमिगत विद्यूतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा जडान हुने १४.४३ मेगावाट क्षमताको ४ वटा टवाईनमा जोडिएको ४ वटा जेनेरेटरको सहायताले विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट सन् २०२६ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट वार्षिक ३२४.७५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादन भएको विद्यूत ३७ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिनेछ ।

सानिमा समूहले अहिलेसम्म ३१.५ मेगावाटका ३ आयाेजना (माई २२ मेगावाट, माई क्यासकेड ७ मेगावाट, सुनकाेसी २.५ मेगावाट) निर्माण गरी सञ्चालनमा ल्याइसकेकेा छ । अहिले २८.१ मेगावाटकाे तल्लाे लिखु, ७३ मेगावाटकाे मध्यतमाेर र १४.९ मेगावाटकाे माथिल्लाे मैलुङ निर्माण गरिरहेकाे छ । यस्तै, २८५ मेगावाटकाे माथिल्लाे तमाेरले उत्पादन अनुमतिपत्र लिएकाे छ भने ७.५ मेगावाटकाे माथिल्लाे मैलुङ 'बी' अध्ययन भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit