विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । पाँचथर र ताप्लेजुङ जिल्ला भएर बहने इङ्वा खोलामा सञ्चालित ९.७ मेगावाटको माथिल्लो इङ्वा खोला साना जलविद्युत् केन्द्रले मर्मत-सम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरेको छ । इङ्वा हाइड्रोपावर लिमिटेडका अनुसार मर्मत कार्य सम्पन्न भई विद्युत्‌गृहमा रहेका दुई युनिटमध्ये युनिट-१ बाट विद्युत् उत्पादन पुनः सुरु गरिएको हो । 

गत जेठ ९ गते बिहान अविरल वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस तथा ट्रान्समिसन लाइन लगायतका भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको थियो । काबु बाहिरको परिस्थितिका कारण साढे २ महिनादेखि आयोजनाको विद्युत् उत्पादन पूर्णरूपमा बन्द हुन पुगेको थियो । 

कम्पनीका वित्त प्रबन्धक गोकुल पाण्डेका अनुसार निरन्तरको मर्मत र सम्भारपछि साउन २१ गते युनिट-१ सञ्चालनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३