विद्युत अपडेट

  • प्राधिकरण : ८९४२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १६३३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२१०२ मे.वा.घन्टा
  • आयात : ३४२६ मे.वा.घन्टा
  • निर्यात : ११८२१ मे.वा.घन्टा
  • ट्रिपिङ : ४१५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६१२१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७२७ मे.वा.
२०८३ जेठ १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी "फिन इलेक्ट्रो–टेक २०२६" आयोजना हुने भएको छ । '१२औँ अन्तर्राष्ट्रिय इलेक्ट्रिकल–इलेक्ट्रोनिक प्रदर्शनी तथा सिम्पोजियम' का रूपमा यो मेला चार दिनसम्म सञ्चालन हुनेछ ।

नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको वर्तमान अवस्थामा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको अपरिहार्यताबारे सचेतना जगाउन यो मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

बजारमा विद्युतीय सामग्रीको माग र प्रयोग बढ्दो क्रममा रहेकाले उपभोक्ता, व्यवसायी र प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधान बारे जानकारी गराउनु यसको मुख्य उद्देश्य रहेको पनि जनाइएको छ ।

मेला आयोजक समितिका अध्यक्ष एवम् संयोजक दिलीपकुमार अग्रवालका अनुसार प्रदर्शनीका सम्पूर्ण स्टलहरू बुकिङ भइसकेका छन् । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहने छ ।

चार दिने प्रदर्शनीमा प्रसारण तथा वितरण सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कण्डक्टर, एलईडी लाइटिङ्ग, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शनमा राखिने छन् । उपभोक्ताहरूले एउटै थलोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन तुलना गर्न, प्राविधिक जानकारी लिन र सुरक्षित विद्युतीय सामग्रीको प्रयोगबारे सचेतना हासिल गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस पटकको "फिन इलेक्ट्रो–टेक २०२६" को टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) र 'पावर बाई'मा ह्याभेल्स इन्डिया लिमिटेड रहेको छ । त्यस्तै, प्लेटिनम स्पोन्सरमा जनता केबल इन्डस्ट्रिज प्रा. लि. र डायमण्ड स्पोन्सरमा लेजर इन्डिया प्राइभेट लिमिटेड र ग्रेटहाइट ग्लोबल प्रा. लि. रहेका छन् । 

अन्य बैंकिङ, बीमा तथा प्राविधिक साझेदारहरूमा गोल्ड स्पोन्सर: ब्रिलेन्ट एलईडी (एस.एम.सी. ग्लोबल प्रा. लि.), अफिसियल बैंक: नविल बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्स: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, अफिसियल क्यारियर: एस. के. बी ग्रुप, टेक्नोलोजी पार्टनर: जुलाई टेक ल्याब्स, इन्टरनेट पार्टनर: सजिलो नेट छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायत सरोकारवाला संस्थाको सहयोग र सहभागिता रहने प्रदर्शनीमा स्वदेश तथा विदेशका उद्योगी, व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी र सर्वसाधारण गरी हजारौँ आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३