विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तल्लो तथा माथिल्लो भाेल्टेज स्तरको थ्री फेज विद्युत लिन इच्छुक ग्राहकले अनलाइन प्रविधिबाट आवेदन दिन सक्ने भएका छन् । नेपाल विद्युत प्राधिकरणले बिहिबार एक सुचना जारी गर्दै थ्री फेज विद्युत आपूर्ति लिन इच्छुक ग्राहकलाई सहज रुपमा सेवा उपलब्ध गराउन अनलाइन प्रणाली सुरु गरेको हो ।

केहि समय पहिलेदेखि नै परिक्षणका रुपमा सुरु रहेको अनलाईन प्रविधि सफल भएपछि देशव्यापी रुपमा सुरु गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । 

थ्री फेज लाइन लिनका लागि सेवाग्राहीहरुले सास्ती खेप्नु परेको गुनासो बढेपछि अनलाइनबाटै आवेदन दिन मिल्ने बनाइएको प्राधिकरणले जनाएको छ । थ्री फेज लाइनको सप्लाइ लिन चाहने सेवाग्राहीले प्राधिकरणको वेबसाइटको दायाँ साइटको माथिल्लो भागमा रहेको थ्री फेज अनलाइन आवेदनु मा क्लिक गरि आवश्यक विवरणहरु पेस गरि आवेदन दिन सक्नेछन् ।

पेस भएका कागजातहरु पर्याप्त छन्/छैनन्  लगायत आवेदन स्वीकृति आदिको जानकारी समेत अनलाइनबाटै लिन सकिनेछ । अनलाइन आवेदन दिएपछि सेवाग्राहीलाई दर्ता नम्बरसहितको एसएमएस आउँछ । दर्ता नम्बरका आधारमा अलरेडी रजिष्टर्ड अप्सनमा गएर आफ्नो फाइल ट्रयाक गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit