विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आन्तरिक प्रसारण लाइन सुधार तथा नेपाल–भारत विद्युत व्यापार गर्ने उद्देश्यले निर्माणाधीन ४०० केभी हेटौडा–ढल्केबर–इनरुवा डबल सर्किट लाइनको नटबोल्ट चोरी हुँदा ढल्न लागेको टावरको मर्मत सुरु भएको छ । अज्ञात समूहले लाइनको चन्द्रपुर–लमाहा खण्डका तीन वटा टावरको जगकै नटबोल्ट झिकेपछि टावर ढल्ने अवस्थामा पुगेको हो ।

अज्ञात समूहले निर्माणाधीन लाइनको रौतहट खण्डमा पर्ने टावरको जगबाटै नटबोल्टु खोलेपछि टावर ढल्न लागेको आयोजनाले जनाएको छ । टावर ढल्यो भने वरपर वन्यजन्तु र पशुलाई खतरा पुग्ने भएकाले मर्मत सुरु गरिएको छ ।

७९२ वटा टावर निर्माण रहने लाइनको नटबोल्ट चोर्ने समूहको पहिचान गर्ने काम भइरहेको छ । २०७० सालमा सम्झौता भएको आयोजनाको ठेक्का भारतीय एन्जेलिक इन्टरनेशनल लिमिटेड कम्पनीले पाएको छ ।

१७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो । आयोजनाबाट विश्व बैंक बाहिरिएको छ । यसबाट मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापार सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit