images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को फागुनसम्म विद्युत उत्पादन जडित क्षमता २२०५ मेगावाट पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षण (२०७८/७९) मा उक्त तथ्यांक उल्लेख  गरिएको हो ।

आर्थिक सर्भेक्षणअनुसार यस गत वर्षको असारसम्म कूल जडित क्षमता १६८५ मेगावाट रहेकोमा १० महिनामा त्यो ३०.९० प्रतिशतले वृद्धि भएको छ । कूल जडित क्षमता मध्ये जलविद्युतबाट २०२२ मेगावाट, सौर्य आयोजनाबाट ४९.७६ मेगावाट, थर्मल प्लान्टबाट ५३.४० मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ७४ मेगावाट तथा चिनी मिलको सहउत्पादनमार्फतट ६ मेगावाट रहेको छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ५८१ मेगावाट र निजी क्षेत्रका आयोजनाबाट १४४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सोही अवधिसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । जुन, गत वर्ष अर्थात् २०७८ असारमा ९३ प्रतिशत रहेको थियो ।

२०७८ फागुनसम्म विद्युत उपभोग गर्ने ग्राहकको संख्या ५२ लाख २८ हजार पुगेको छ । जसमा सामुदायिक संस्थाहरूबाट भएको विद्युतीकरणको तथ्यांक समावेश गरिएको छ । सामुदायिकतर्फ करिब ५ लाख ८० ग्राहक पुगेको अनुमान छ । यसर्थमा कूल विद्युतको पहुँच पुगेका ग्राहक संख्या ५८ लाख ८ हजार पुगेको अनुमान गरिएको छ ।

सोही अवधिसम्म भारतबाट ७५७ गिगावाट घन्टा विद्युत आएको भएको छ भने १८३ गिगावाट घन्टा बराबरको विद्युत निर्यात भएको उल्लेख छ । २०७७ सालमा विद्युतको माग र आपूतिबीच सन्तुलन मिलाउन भारतबाट २८२६ गिगावाट घन्टा विद्युत आयात गरिएको थियो भने ४४ गिगावाट घन्टा निर्यात भएको थियो ।

आर्थिक सर्भेक्षण अनुसार यस अवधिमा २६ जिल्लामा विद्युतीकरण सम्पन्न भएकोमा २०७९ असारसम्म थप ८ जिल्ला गरी ३४ जिल्लामा विद्युतीकरण सम्पन्न हुने प्रक्षेपण गरिएको छ । आव २०७७/७८ र २०७८/७९ को फागुनसम्मको तथ्यांक विश्लेषण गर्दा विद्युतको माग र आपूर्तिबीच सन्तुलन मिलेको उल्लेख छ ।

चालू आव (२०७८/७९) को अन्त्यसम्म १८ वटा विद्युत आयोजनाहरूको निर्माण सम्पन्न भई कूल ८४३ मेगावाट थप उत्पादन हुने अनुमान गरिएको छ । आगामी आव (२०७९/८०) मा ४३ वटा आयोजनाहरूबाट ७१३ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान छ ।

उक्त तथ्थांकको आधारमा आगामी आवको अन्त्यसम्म विद्युतको कूल जडित क्षमता करिब ३००० मेगावाट हाराहारी पुग्ने देखिन्छ । तर, खपतको दायरा भने खासै फराकिलो हुन सकेको छैन ।
सरकारले आव २०७८/७९ को फागुनसम्म निजी क्षेत्रका जलविद्युत कम्पनीहरूलाई ३१८.४० मेगावाटबराबरका १७ आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र जारी गरेको छ । यस अवधिसम्म २२९ आयोजनाहरूको १२४२ मेगावाट जडित क्षमता बराबरको अध्ययन अनुमतिपत्र जारी भएको छ ।

आव २०७८/७९ को फागुनसम्म जम्मा ५७७२ गिागावाट घन्टा विद्युत खपत भएको छ । जबकि, गत आवमा यो ७२६८ गिगावाट घन्टा थियो । यस अवधिमा गार्हस्थ, औद्योगिक, व्यापारिक र अन्य क्षेत्रको विद्युत खपत क्रमशः ४१ प्रतिशत, ३८ प्रतिशत, ७ प्रतिशत र १० प्रतिशत रहेको छ ।

गत फागुनसम्म नवीकरणीय ऊर्जा स्रोतबाट विद्युतको पहुँच पुगेको जनसंख्या ६.९ प्रतिशत थियो’ यो संख्या २०७७ फागुनसम्म ३.२ प्रतिशत थियो । यस अवधिमा लघु तथा साना जलविद्युत आयोजनाबाट ३९८ किलोवाट विद्युत उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit