विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाढी तथा डुबान नियन्त्रण, कृषि विकास लगायत विषयमा आ–आफ्नो देशको अनुभव आदानप्रदान एवम् जलस्रोतका विविध विषयमा केन्द्रित रहेर नेपाल–बंगलादेश सचिवस्तरीय दुई दिने बैठकको आयोजना हुने भएको छ । दुवै देशका सचिवसहित विज्ञहरू सम्मिलित बैठक यही बिहीबार र शुक्रबार (साउन १२ र १३ गते) काठमाडौंमा हुन लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ (जलस्रोत) सचिव सागरकुमार राई तथा उनका बंगलादेशी समकक्षी कबिर बिन अनवरले अगुवाई गर्ने यो बैठक झन्डै १४ वर्षपछि बस्न लागेको छ । यसअघि, २०६४ साल फागुन १४ देखि १७ गते (४ दिन) सम्म समितिको बैठक बसेको थियो ।

नेपाल र बंगलादेशबीच सोझै जोडिने जलस्रोत सम्बन्धी विषय नभए पनि द्विपक्षीय सहयोग तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक बस्न लागेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले बताए । ‘हामी माथिल्लो तटमा छौं, बीचमा भारत र तल्लो तटमा बंगलादेश छ; जलस्रोतमा पनि जोडिन्छ,’ उनले भने, ‘दुई देशको अनुभव साटासाटबाट पनि जलस्रोतका क्षेत्रमा परिणाममुखी काम गर्न सकिन्छ ।’

बैठकमा नेपालका तर्फबाट सचिव राई सहित मन्त्रालय जलस्रोत महाशाखाका प्रमुख डा. महेश्वर श्रेष्ठ, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक आचार्य, विद्युत विकास विभागका महानिर्देशक सन्दिपकुमार देव, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशी, मन्त्रालय वैदेशिक समन्वय महाशाखाका सहसचिव चिरञ्जीवी चटौत लगायत सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३