विद्युत अपडेट

  • प्राधिकरण : ८८४२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५४६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४२०७ मे.वा.घन्टा
  • आयात : १५५ मे.वा.घन्टा
  • निर्यात : २१९६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २८६६९ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १७२९ मे.वा.
२०७९ मङ्सिर १७, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता उहिलेकाे खबर
मन्त्री भुसालद्वारा आयोजना निर्माणस्थल निरीक्षण

काठमाडौं । बहुचर्चित बहुउद्देश्यीय आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत खन्न सुरु गरिएको छ । शिलन्यास गरेको झण्डै १९ महिनापछि शुक्रबार (असोज २८ गते) बाट सुरुङको काम सुरु भएको हो ।

यस आयोजनाको शिलन्यास २०७७ साल फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । टिबिएम मेसिन जडान गरी सुरुङ खन्ने थालनीको निरीक्षण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल शुक्रबार आयोजनास्थल पुगेकी थिइन् ।

सुनकोसीको पानी १३ किलोमिटर लामो सुरुङ खनेर ६७ क्युसेक पानी सिन्धुलीस्थित मरिन खोलामा झारेर कृषियोग्य भूमिमा सिँचाइ गर्नुका साथै विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार यो आयोजना अगाडि बढाइएको छ । गत असारदेखि नै टिबिएममार्फत सुरुङ खन्ने काम सुरु गर्ने योजना रहे पनि मेसिनका पाटपुर्जा ल्याउन समय लागेको हुँदा ढिलाई भएको आयोजनाले जनाएको छ ।

सुर्खेतको हात्तीखालमा भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले नै सुनकोसी–मरिनको काम पनि पाएको छ । कोभेकले यसअघि भेरी–बबई डाइभर्सनको १२.२ किलोमिटर सुरुङ तोकिएको समयभन्दा ६ महिना अगाडि र लागतभित्रै पूरा गरेको थियो ।

आयोजनाको बाँध, सुरुङ र विद्युतगृह संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कोभेकसँग २०७७ साल फागुनमा भएको सम्झौता अनुसार सुनकोसी–मरिनको सुरुङ खन्नमात्र १० अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण छ ।

आयोजनाको सुरुङ २२ महिनाभित्र पूरा गरिसक्ने कोभेकले जनाएको छ तर खन्ने सुरुवात नै ढिला हुँदा त्यो समय धकेलिने निश्चित देखिएको छ । सुरुमा २४ महिनामा आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।

आयोजनाको काममा आर्थिक वर्ष (आव) २०७८/७९ मा २ अर्ब रुपैयाँ खर्च भएको थियो भने आव २०७९/८० का लागि २ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आयोजनाले मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुर्याएको छ भने रूख कटानको काम सकिएको जनाइएको छ ।

अध्ययनअनुसार आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसी नदी संगमस्थलबाट ९ सय मिटर सिन्धुलीको खुर्कोटतर्फ १२ मिटर उचाइको बाँध बनाइ निर्माण हुनेछ । ६६ मिटर उचाईबाट पानी खसालेर ३१ मेगावाट विद्युतसमेत उत्पादन गर्ने योजना छ । सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्नेछ ।

यस आयोजनाबाट मात्रै तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुग्ने अध्ययनले देखाएको छ । यसअघि बागमती सिँचाइ आयोजना मार्फत तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको छ । बागमती सिँचाइ र सुनकोसी–मरिनबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने आशा छ । 

प्रतिक्रिया दिनुहोस

© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit