विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंक (एडिबी) ले दिने करिब ७ अर्ब १४ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको सहुलियनपूर्ण ऋण विद्युत प्रसारण प्रणालीका ५ आयोजनामा लगानी गर्ने भएको छ । एडिबीले दिने ऋण प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतका प्रसारण लाइन र सबस्टेसन आयोजनाहरूमा लगानी हुने तय भएको हो । 

एडिबीले ‘विद्युत ग्रिड आधुनिकीकरण परियोजना’ अन्तर्गत प्रसारण लाइन तथा सबस्टेसन निर्माण र महसुल भुक्तानी प्रक्रियालाई डिजिटल प्रविधिमा लैजान सहुलियतपूर्ण ऋण दिने सहमति जनाएको हो । शुक्रबार अर्थमन्त्रालय र एडिबी तथा एडिबी र विद्युत प्राधिकरणबीच ऋण सहायत सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा मन्त्रालयकोतर्फबाट सचिव मधुकुमार मरासिनी र एडिबीको तर्फबाट नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गरेका छन् । प्राधिकरणसँग भएको परियोजना सम्बन्धि सम्झौतामा कार्यकारी निर्देशक कुलमान घिसिङ र अर्नाउड काचोइसले हस्ताक्षर गरेका छन् ।

एडिबीले दिने ऋण सहायताको ठूलो हिस्सा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा लगानी हुने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले बताए । ‘ परियोजना अन्तर्गत यो एडिबीले उपलब्ध गराउन लागेको यो दोस्रो चरणको सहायत ऋण हो,’ उनले ऊर्जा खबरसँग भने, ‘जस अन्तर्गत १३२ केभी कोहलपुर–नेपालगन्ज प्रसारण लाइन र नेपालगन्जमा १३२ केभी सबस्टेसन निर्माण हुँदैछ ।’

उनले परियोजना अन्तर्गत नै सिमेन्ट उद्योगहरूमा विद्युत पहुँच पुर्याउन १३२ केभी दुम्कीबास सबस्टेसन पनि निर्माण हुन लागेको बताए । उपत्यकामा चोभारदेखि लगनखेलसम्म १३२ केभी भूमिगत प्रसारण लाइन र लगनखेलमा एउटा १३२ केभी सबस्टेसन बन्ने उनले जानकारी दिए ।

एडिबीले ऋण लगानी गर्ने आयोजना मध्ये दुम्कीबास सबस्टेसनको अध्ययन पूरा भई बोलपत्र आह्वान हुने क्रममा रहेको निर्देशनालयले जनाएको छ । कोहलपुर–नेपालगन्ज प्रसारण लाइन र कोहलपुर सबस्टेसनको अध्ययन पूरा हुने चरणमा पुगेको छ । चाेभार–लगनखेल प्रसारण लाइन र सबस्टेसन निर्माणकाे प्रक्रिया पनि अध्ययनकाे चरणमा छ ।

यस्तै, प्राधिकरणको विद्युत महसुल भुक्तानी प्रक्रियालाई आधुनिक र डिजिटल बनाउन पनि ऋण सहायताको रकम खर्च गरिने भएको छ । निर्देशनालयका अनुसार एडिबीको ऋण सहायतामा अघि बढ्ने यी सबै आयोजना सन् २०२६ को मार्चभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउनु पर्नेछ ।

एडिबीले पहिलो चरणमा प्रसारण लाइन निर्माण तथा उपत्यका बाहिरका ३५ वटा सबस्टेसनको स्तरोन्नतिका लागि ऋण सहायता उपलब्ध गराएको छ । प्राधिकरणले यी आयोजना कार्यान्वयनका लागि केहीको बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरिसकेको छ । केहीको बोलपत्र भई सम्झौता हुने चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit