विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । याम्बालिङ्ग हाइड्रो पावर लिमिटेडले ७.२७ मेगावाटको विद्युत प्रवाह हुने ७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माणाधीन ७.२७ मेगावाटाको याम्बालिङ खोला जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लामा निर्माणाधीन अप्पर बलेफी ‘ए’ जलविद्युत आयोजनाको स्वीचयार्डसम्म विद्युत प्रवाह हुने सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पुरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । 

विभागले अनुमतिपत्रको लागि ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिन अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । 

प्रसारण लाइनमा करिब ८९ वटा टावरहरु जडान गरिनेछ । एक पोलदेखि अर्को पोलसम्मको अधिकतम दुरी करिब ७५ मिटर तथा न्यूनत्तम दुरी ६० मिटर हुनेछ भने जमिनको सतहबाट पोलको उचाई ११ मिटर हुनेछ । 

आयोजना निर्माणको लागि जम्मा ४.७३७ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ०.०८१ हेक्टर जग्गा पोल फाउन्डेसन, ०.०४१ हेक्टर स्टे वायर र ४.५१५ हेक्टर जग्गा विद्युत मार्गको अधिकार क्षेत्र तथा ०.१ हेक्टर जग्ग आयोजनाकाे सहायक सुविधाको लागि प्रयोग गरिनेछ । 

यो प्रसारण लाइन ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भु–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३