विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनीले ६ महिनामा १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यति मुनाफा आर्जन गरेको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही समयवधिको तुलनामा १० करोड १७ लाख ९६ हजार रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष ४ करोड १४ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा सँगै कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी र अन्य श्रोतबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट २४ करोड १९ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १० करोड ६९ लाख ३१ हजार रुपैयाँ बढी हो ।

यस्तै, अन्य श्रोतबाट ६ महिनामा ६ करोड १७ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षकाे अन्य स्राेतबाट १४ लाख ५ हजार रुपैयाँ मात्र आम्दानी भएकाे थियाे ।

कम्पनीले साढे १६ मेगावाटका २ जलविद्युत केन्द्र निर्माण पूरा भइ सञ्चालनमा छन् । कम्पनीले दार्जुलामा ८.५ मेगावाटको नौगड र ८ मेगावाटको माथिल्लो नौगड जलविद्युत आयोजना निर्माण गरेकाे छ । दार्चुलामै ४० मेगावाटकाे माथिल्लाे चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर साैर्य विद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit