विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
साढे ३ हजार मिटर उचाईमा पर्यटक लोभ्याउने ‘भ्यूटावर’

आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्न रामेछाप र दोलखाको सीमा सैलुङमा भ्यूटावर निर्माण गरिएको छ । ऐतिहासिक, धार्मिकस्थलले समेत परिचित यो ठाउँलाई पर्यटकीय गन्तब्य बनाउने योजना छ ।

सैलुङ भ्यूटावरको निर्माण गरी फिनिसिङ भइरहेको छ । दुई जिल्लाको सीमा सैलुङ डाँडामा ३ हजार २ सय मिट उचाईमा टावर निर्माण भएको छ । यसपछि यहाँ पर्यटकको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

डेढ वर्षअघि काम सुरु भएको टावरको करिब ८० प्रतिशत निर्माण सकिएको खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमले बताए । ‘१ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरे पनि प्रतिकूल मौसम, निर्माण सामग्री पुर्याउन कठिनाई लगायत कारणले समयमा पूरा हुन सकेन,’ उनले भने ।

गौतमका अनुसार अबको तीन महिनाभित्र निर्माण सम्पन्न गरेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हस्तान्तरण हुनेछ । भौगोलिक कठिनाईले निर्माण अवधि केही लम्बिएको गौतमले दोहोर्याए ।

१४ मिटर उचाई ६ मिटर चौडाई रहने भ्यूटावर निर्माणपछि पर्यटकको संख्या थपिने दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले बताइन् । सय डाँडा रहेको सैलुङलाई नयाँ पर्यटकीय गन्तब्य बनाउन सकिन्छ,’ उनले भनिन्, ‘आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन गाउँपालिकाले नीति नै बनाएको छ ।’

चार तले भ्यूटावरमा पुग्न रामेछाप र दोलखाबाट चार वटा पैदल यात्रा गर्ने सिढी पनि निर्माण गरिएको छ । चौरी, हिउँ खेल्ने ठाउँ, तामाङ जातिको मौलिक संस्कृति, सैलुङ्गेश्वर महादेवले यो ठाउँ परिचित छ ।

सैलुङबाट देखिने प्राकृतिक दृष्यले पर्यटकलाई आकर्षित गर्न सरकारले भ्यूटावर निर्माण सुरु गरेको हो । समुद्री सतहबाट सैलुङ झन्डै ३ हजार २ सय मिटर उचाईमा पर्छ । यहाँबाट गौरीशकंर हिमाल नजिकै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit