विद्युत अपडेट

  • प्राधिकरण : ७९५७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२७३ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५१६२ मे.वा.घन्टा
  • आयात : १६६१ मे.वा.घन्टा
  • निर्यात : ६४८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४३०५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०६ मे.वा.
२०८३ ब‌ैशाख २२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
बन्याे ‘गणतन्त्र स्मारक’, पर्यटकीय गन्तब्य बनाउने लक्ष्य

चार वर्षअघि नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण सुरु गरिएको ‘गणतन्त्र स्मारक’ बल्ल पूरा भएको छ । करिब ४२ करोड रुपैयाँमा स्मारकको काम पूरा भएको छ ।

दरबार संग्रहालयको पूर्वतर्फ स्मारक उभ्याइएको छ । देशमा गणतन्त्र आगमनको प्रतीकका रूपमा सरकारले स्मारक निर्माण सुरु गरेको थियो ।

स्मारकलाई आन्तरिक एवं बाहय पर्यटकको गन्तव्य बनाउन सकिने सहरी विकास तथा भवन निर्माण विभागका सिडिई मचकाजी महर्जनले बताए ।

१२ मिटर उचाई रहने स्मारकमा अप्पर बेसमेन्ट तथा लोअर बेसमेन्ट गरी दुई ग्यालेरी छन् । चारवटा खम्बामा बेपत्ता पारिएका, अंगभंग भएका, मृत्यु भएकाको स्मरण गरिने गरी स्मारक निर्माण गरिएको छ ।

विभागका अनुसार स्मारकको जमिनमुनिको एउटा तलामा बैठक, सभा हल, विशिष्ट कक्षा र दोस्रो तलामा फोटो सहितको ऐतिहासिक दस्तावेज ग्यालरी कक्ष रहनेछ ।

स्मारक निर्माण गर्न बिकोई/स्काई/बंगलामुखी जेभीसँग २०६९ मंसिर २२ गते सम्झौता गरेको थियो । २०७२ मंसिर २१ गते काम पूरा गर्ने सम्झौता थियो । तर, विनाशकारी भूकम्प र नाकाबन्दीले काम दुई वर्ष लम्बिएको महर्जनले बताए ।

मन्त्रीपरिषद् बैठकले दरबार संग्राहलयको पूर्वी क्षेत्रको ८२ रोपनी क्षेत्रफलमा गणतन्त्र स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । तर, नेपाली सेनाले सुरक्षा संवेदनशीलताको कारण देखाई ३५ रोपनी जग्गा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३