images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ४२ मेगावाटको मोदी ए क्यास्केड आयोजनाको ‘लट १’ को ठेक्का चिनियाँ कम्पनी सिचुआन सुइटान कन्स्ट्रक्सन कम्पनी र नेपालको हाइ हिमालय कम्पनीको संयुक्त उपक्रम (जेभी) कम्पनीले पाएको छ । अप्पर मोदी क्यास्केड अन्तर्गतका दुई आयोजना मध्ये पहिलो आयोजनाको ठेक्का लागेको हो । 

कम्पनीलाई उक्त आयोजनाको निर्माण प्याकेज मध्ये लट–१ अन्तर्गत्को सिभिल र मेकानिकाल निर्माणको ठेक्का २ अर्ब ४ करोड रुपैयाँमा दिइएको हो । 

अप्पर मोदी–ए ४२ मेगावाट र मोदी ए १८.२ (मेगावा) को  विस्तृत डिजाइन २०७४ सालमा स्वीटजरल्यान्डको परामर्शदाता कम्पनी एएफ कन्सल्टले तयार पारेको थियो । त्यस मध्ये ४२ मेगावाटको आयोजना अघि बढाउन ठेक्का लागेको हो । 

कास्की र पर्वतको सीमा भएर बग्ने मोदी खोलामा निर्माण हुने आयोजना सन् १९९७ मा पत्ता लागेको थियो । यसको सम्भाव्यता अध्ययन सन् २००० मा सकिएको थियो । सन् २०१२ मा पुनः त्यसमा संशोधन गरिएको थियो ।

सुरुमा दुवै आयोजनाको हेडवर्क्स अलग–अलग निर्माण गर्ने योजना थियो । तर, अप्पर मोदी–एबाट निस्केको पानीलाई सिधै मोदी– ए मा पठाउन सकिने देखिएपछि एउटै हेर्डवक्स निर्माण गर्ने गरी नयाँ डिजाइन तयार पारिएको थियो । अब दुवै आयोजनाको काम एकसाथ अगाडि बढ्ने भएका हुन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit