images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रकाे विद्युत उत्पादन आगामी कात्तिक ८ गतेदेखि १४ गतेसम्म (एक साता) बन्द हुने भएको छ । प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले केन्द्रको बाँध र सुरुङको प्राविधिक निरीक्षण गर्नु पर्ने भन्दै मंगलबारदेखि उत्पादन बन्द गर्न लागेको हो ।

निरीक्षण गर्दा जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा करिब ११/१२ घण्टा नदीको बहाव बढ्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो अवधिभर तामाकोसी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जमुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने र खिम्तीसहित सुनकोसी नदीको दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने र गाडी तार्ने जस्ता कार्यहरू नगर्न आग्रह गरेको छ ।

यस्तै, नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसँस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न कम्पनीले अनुरोध गरेको छ । 

थप जानकारीको लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit