विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडले चैत १९ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजी ७६ करोडको ३० प्रतिशत अर्थात २२ करोड ८० लाख रकम बराबरको सय रुपैयाँ अंकित २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासित सेयरमध्येको ५ प्रतिशत हुन आउने अर्थात ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत हुन आउने अर्थात ३२ हजार २८ कित्ता सेयर कम्पनीको कर्मचारीका लागी छुट्याएको र बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा चैत २२ गतेसम्म र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको दोलखामा ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit